दफा ३८
गुठी तैनाथी जग्गाका सम्बन्धमा विशेष व्यवस्था
यस ऐनबमोजिम गुठी तैनाथी हुने जग्गा राजगुठी र संस्थानको हित विपरित कुनै व्यक्तिले कुनै किसिमले बन्दोबस्तीमा लिएको भए पनि गुठी संस्थान ऐन, २०२१ लागू भएपछि बन्दोबस्ती पाएको त्यस्तो हक
अधिकार स्वतः समाप्त भई त्यस्तोमा संस्थान र राजगुठीको हक र स्वामित्व पुन कायम हुनेछ ।
तर–
(१) बन्दोबस्तीमा पाएको जग्गा घरबारीको लागि प्रयोग भएकोमा अन्य प्रचलित कानुनले पाएको हदसम्म त्यस्ताे व्यक्तिकाे नाउँमा गुठी रैतान नम्बरीमा दर्ता हुनेछ बाँकी जग्गामा संस्थानलाइ यस एेन बमाेजिम कूत  तिराे बुझाउन पर्नेछ ।
(२) नेपाल सरकारकाे स्वीकृति लिइ गुठी संस्थानले दश  बिगाहासम्म कसैकाे नाममा गुठी रैतान नम्बरीमा दर्ता गरेकाे जग्गाकाे हकमा याे दफा लागू हुने छैन ।